• Nepal Gov. Regd. No.
Call Us:
+977 1 4410827
Mail Us:
info@kgssnepal.org

कुलचन्द्र गौतम स्मृति संस्थामा नयाँ कार्यसमिति

 
2021-04-10
 

 

कुलचन्द्र गौतम स्मृति संस्थामा नयाँ कार्यसमिति

 

कुलचन्द्र गौतम स्मृति संस्थाको वार्षिक साधारण सभाले अधिवक्ता रामप्रसाद गौतमलाई अध्यक्षमा निर्वाचित गरेको छ । विद्वच्छिरोमणि कुलचन्द्र गौतमको स्मृतिमा स्थापित संस्था कुलचन्द्र गौतम स्मृति संस्थाको साधारणसभा २०७७ चैत २८ गते सम्पन्न भएको हो ।

संस्थाका निवर्तमान अध्यक्ष डा. वेणुबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न साधारणसभामा अधिकांश सदस्यहरु जुममार्फतसहभागी भएका थिए । संस्थाका पदाधिकारी, केही साधारण सदस्य र आजीवन सदस्यहरु संस्थाकै कार्यालयमा उपस्थित भएका थिए ।

साधारणसभाले अध्यक्षको निर्वाचन गर्नुअघि अधिवक्ता श्री रामप्रसाद गौतम, डा. बेणुबहादुर कार्की, श्रीमती उषा गौतम, श्री उज्ज्वल गौतम, श्री रघुनाथ अधिकारी, डा. विजय गौतम, डा. सुवोध शुक्लालाई कार्यसमितिको सदस्यका रुपमा निर्वाचित गरेको थियो ।