• Nepal Gov. Regd. No.
Call Us:
+977 1 4410827
Mail Us:
info@kgssnepal.org

सुत्केरी परिवारको उद्धार

 
2021-06-21
 

 विद्वत्च्छिरोमणि कुलचन्द्र गौतम स्मृति संस्थाको पहलमा सुत्केरी र उनका परिवारको उद्धार गरिएको छ । धादिङ, गजुरीटारकी ज्ञानु केसीका परिवारमा ९० वर्षकी ससुरा, ८६ वर्षीय सासु, श्रीमान र जुम्ल्याहा बच्चा ४ जना सहित ८ जना छन् । हालै १ बालक र १ बालिका जुम्ल्याहा जन्मिएका थिए । उनका श्रीमान् र उनी गिट्टी कुट्ने काम गर्दा रहेछन् । लकडाउनले गर्दा अरु काम पनि केही नपाएकाले आम्दानीको स्रोत बन्द हुने पुगेको थाहा पाइ काठमाडौंस्थित कुलचन्द्र गौतम स्मृति संस्थाले २०७८ असार ७ गते धादिङ गई उनीहरुको उद्धार गरेको हो ।

काम नभएका कारण भाडा तिर्ने पैसा नहुँदा डेराबाट पनि निस्कनु परेको खबर थाहा पाएपछि उक्त परिवारलाई संस्थाका तर्फबाट ग्यास चुलो, सिलिण्डर, खाद्यान्नहरु दाल चामल, पिठो, तेल, चामल २ बोरा, चना, बदाम, भटमास, १ केजी घीउ आदि उपलब्ध गराएको थियो । लुगाफाटा र म्याट्रेस पनि उपलब्ध गराइएको थियो । एक सेट मोबाइल र सिम पनि उपलब्ध गराइयो । परिवारका लागि ३ महिनासम्म खानपिनको प्रबन्ध गरिदिने भएको छ ।

बाबुआमा मधुमेह र उच्च रक्तचापको बिरामी समेत भएका थाहा पाई करिब ९ हजारको औषधी पनि खरिद गरिएको थियो । त्यस्तै जुम्ल्याहा बालबालिकालाई आवश्यक दूधदानी, त्यसलाई उमाल्ने जग, बच्चाका लागि खाद्यसामग्री पनि दिइएको थियो । यसका लागि संस्थाका तर्फबाट करिब ५५ हजार रुपियाँ खर्च भएको जानकारी संस्थाका महासचिव श्री उषा गौतमले दिनुभएको छ । संस्थालाई संस्थाका संरक्षक डा. प्रसन्नचन्द्र गौतम, संस्थाका सञ्चालक, आजीवन सदस्य, सक्रिय सदस्य, र महासचिवका सहृदयी मित्र एवम् उहाँका परिवारका सदस्यको सहयोग रहेको थियो ।