• Nepal Gov. Regd. No.
Call Us:
+977 1 4410827
Mail Us:
info@kgssnepal.org

स्कूलमा सचेतना कार्यक्रम

 
2021-08-21
 

विद्वच्छिरोमणि कुलचन्द्र गौतम स्मृति संस्थाले श्री केवलपुर हरिहर भोजकुमारी मावि, श्री बाराही आधारभूत विद्यालय, ज्योति माध्यमिक विद्यालय थाँक्रे, धादिङका तीन वटा स्कूलहरुमा स्थिति अवलोकन, विद्यार्थीहरुसँग छलफल र सचेतना कार्यक्रम आयोजना गरेको छ । संस्थाका तर्फबाट २०७७ फागुन ९ गते आयोजित उक्त कार्यक्रम महासचिव श्री उषा गौतम र अन्य ७ जना स्वयम्सेवकहरुको सहयोगमा सम्पन्न गरिएको थियो । सो कार्यक्रममा स्कूलका विद्यार्थीहरु, शिक्षक र प्राध्यानाध्यापकको पनि सहभागिता रहेको थियो । विद्यार्थी र शिक्षकहरुले यस्ता सचेतना कार्यक्रमलाई निरन्तरता दिन समेत आग्रह गर्नुभएको थियो ।